शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित योगेशले जारी गरे यस्तो विज्ञप्ती

सोमबार, २५ मङ्सिर २०७४, १७ : ३३
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं– एमाले सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश भटराइले निर्वाचनमा आफुलाइ मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिएका छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै निर्वाचनको क्रममा रातदिन भोक÷निन्द्रा नभनि निरन्तर क्रियाशिल रहेका पार्टीका सदस्य, समर्थक,शुभचिन्तक, पार्टी कमिटी, जनसंगठनहरु, युवा, विद्यार्थी, महिला, किसान, मजदुर, बुद्धिजीबी लगायत सवै हितचिन्तकहरुप्रति आभार ब्यक्त गरेका हुन् । 

प्रेश विज्ञप्तिको पुर्ण पाठ
नेपाली जनताको सात दशक लामो संघषर््ाको प्रतिफल संविधानसभाद्धारा निमार्ण गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए पश्चात तिनै तहका निर्वाचन सम्पन्न भएका छन् । 
यहिक्रममा यहि मंसिर १ं० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । संविधान निर्माण, स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मार्फत एक शताब्दी लामो राजनीतिक संक्रमणकाल मुलभूत रुपमा अन्त्य भएको छ । यस ऐतिहासिक अवसरमा नेपाली दीदीबहिनी तथा दाजुभाईहरुप्रति हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । यस क्षणमा लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरु तथा महान सहिदहरुप्रति हार्दिक नमन ब्यक्त गर्न चाहन्छु । 
हालै सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा म लगायत ताप्लेजुङको दुवै प्रदेशसभामा बामप्रगतिशिल गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन साथै मतदान गरेर आफ्नो लोकतान्त्रिक अधिकारलाई प्रयोग गर्नुहुने ताप्लेजुङका सबै मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दुछु । निर्वाचनको क्रममा रातदिन अनि भोक÷निन्द्रा नभनि निरन्तर क्रियाशिल रहनु भएका पार्टीका सदस्य, समर्थक,शुभचिन्तक, पार्टी कमिटी, जनसंगठनहरु, युवा, विद्यार्थी, महिला, किसान, मजदुर, बुद्धिजीबी लगायत सवै हितचिन्तकहरुप्रति आभार ब्यक्त गर्दछु । 
यो निर्वाचनलाई सम्पन्न गर्न सफल भुमिका निर्वाह गर्ने ताप्लेजुङ जिल्लाका मूख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग सहित कर्मचारी, शिक्षक, म्यादी प्रहरी लगायत निर्वाचन सम्पन्न गर्ने कार्यमा खटिनु भएका सम्बद्ध सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । 
लोकतन्त्र प्रणाली वा पद्धति मात्र होईन एउटा प्रक्रिया पनि हो । निर्वाचन लोकतन्त्रलाई सुदृढ गर्ने र नागरिकको सार्वभौम अधिकारलाई प्रयोग गर्ने सर्वाधिक महत्वको प्रकृया हो । यो प्रकृयामा ताप्लेजुङ जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले आफुलाई परिपक्व भूमिकामा प्रस्तुत गर्नुभएको छ । म सबै राजनीतिक दल, उम्मेदवार र नेतृत्वका तर्फबाट प्रस्तुत भएको उच्च राजनीतिक सँस्कारको मुक्तकंठले प्रसंशा गर्दछु । 
मुलुकमा लोकतान्त्रिक राजनीतिक क्रान्तिका मूख्य कार्यभारहरु पुरा भएर अब सिंगो राष्ट्र विकास र आर्थिक सम्मृद्धिको यात्राबाट समाजबादको आधार तयार गर्ने ऐतिहासिक कार्यभार तिर मोडिन पुगेको छ । यसक्रममा हामीले निर्वाचनको बेला सार्वजनिक गरेको घोषणापत्र, मौखिक तथा लिखित प्रतिबद्धता तथा जनस्तरबाट प्राप्त सुझाव, सल्लाह तथा मागहरु नै आगामी दिनमा हाम्रा लागि कार्यादेश हुने छन् । ताप्लेजुङ जिल्लामा सुशासन कायम गर्दै स्थानीय तहका जनप्रतिनिधि र राज्यका सबै निकायसँग समन्वय तथा सहकार्य गर्दैै जिल्लाको भौतिक पूर्वाधारको विकास, सडक, पुल, यातायात ,पर्यटन, कृषि, उजार्, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा अनुभूति हुने गरी परिवर्तन ल्याउने हाम्रो प्रतिबद्धतालाई पुन: एकपटक दोह्रोयाउन चाहन्छु । ताप्लेजुङ जिल्लामा रहेको जातिय, धार्मिक तथा साँस्कृतिक, विविधतालाई सम्मान गर्र्दै त्यसलाई राष्ट्र निमार्णको अवसरका रुपमा आत्मसात गर्दै सामाजिक सदुभाव, जातिय तथा धार्मिक एकता निर्माणका कुरामा हाम्रो सदैब सत्यप्रयत्न रहने छ ।
 निर्वाचनको क्रममा जनस्तरमा चेतना जगाउन तथा जनतालाई सुसुचित गर्न संचार क्षेत्रले निर्वाह गरेको भुमिका प्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा जनताको तर्फबाट हामीप्रति निरन्तर निगरानी गरिरहनु हुनेछ भन्ने विश्वास ब्यक्त गर्दछु । 
    

                                                                        ................
योगेश भट्टराई 
प्रतिनिधिसभा सदस्य, ताप्लेजुङ 
तथा केन्द्रिय सचिव  नेकपा एमाले 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप