शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुर–१ मा नेमकिपाका सुवाल विजयी

सोमबार, २५ मङ्सिर २०७४, १७ : ४१
सोमबार, २५ मङ्सिर २०७४

भक्तपुर– भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन् ।  सुवालले ३३ हजार ०७६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजशीले १७ हजार ८१८ मत प्राप्त गरे । 

यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९ सय ७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए । नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले सात हजार १९ मत तथा माओवादी केन्द्रका डिपी ढकालले ७८४ मत प्राप्त गरेका छन् । 

क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसार्इंले २३ हजार १६४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याएका छन् । काँग्रेसका अनिल भुजूले पाँच हजार ३०२ मत प्राप्त गरेका छन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप