शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमाले नेता प्रकाश ज्वालाको प्रतिबद्धताः रातदिन खटेर काम गर्न तयार छु

सोमबार, २५ मङ्सिर २०७४, १८ : ५९
सोमबार, २५ मङ्सिर २०७४

सल्यान– प्रदेश नं ६ का मुख्य मन्त्रीका दावेदार नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रकाश ज्वाला सल्यान प्रदेश (ख) बाट विजयी भएका छन् ।  ज्वालाले नेपाली काँग्रेसका डिल्लीराज रेग्मीलाई फराकिलो मतान्तरले हराएका छन् । ज्वालाले १९ हजार ६ सय ५८ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत प्राप्त गरेका । 

जितपछि राससलाई प्रतिक्रिया दिँदै उनले अब बन्ने मुख्यमन्त्रीमा आफ्नो पनि दाबी रहेको र पार्टीले आफूलाई दिएको जिम्मेवारी पूरा गर्न तयार रहेको बताए । “सल्यानी जनताले विश्वास गरेर मलाई जिताएका छन्, उहाँहरूको चाहनानुसार रात दिन खटिएर काम गर्न तयार छु”, पूर्वसांसद ज्वालाले भने । ज्वाला २०५६ सालको निर्वाचनमा सल्यान– १ बाट र २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा २ बाट विजयी भएका थिए । 

प्रतिनिधिसभाका लागि भने वाम गठवन्धनका उम्मेदवार माओवादी केन्द्रका टेकबहादुर बस्नेत ४० हजार ८९७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७ सय ६७ मत प्राप्त गरेका छन् । हाल विनाविभागीय मन्त्री बस्नेतको यो लगातार तेस्रो जीत हो । 

यस्तै प्रदेश (क) बाट एमालेका गुलाबजंग शाह १९ हजार ६ सय ५८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका एकराज डिसीले १० हजार ६१२ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप