भारतमा राज्य सभाका विपक्षी दलका १९ सांसद निलम्बित
बुधबार, ११ साउन २०७९, ०६ : ०५
भारतमा अधिवेशन अवरुद्ध गरेको भन्दै माथिल्लो सदन राज्य सभामा विपक्षी दलका १९ सांसदलाई साता भरका लागि निलम्बन गरिएको छ । ‘राज्य सभाबाट विपक्षी सांसदहरूलाई निलम्बन गर्ने निर्णय भारी हृदयले लिइएको थियो ।
मूल्यवृद्धिको विरोधमा निरन्तर संसद अवरुद्ध गरेपछि उनहरूलाई एक साताका लागि निलम्बन गरिएको बताइएको छ । ‘उनीहरूले अध्यक्षको अपीललाई बेवास्ता गरिरहे’, माथिल्लो सदनमा भाजपा नेता पियुष गोयलले भने, ‘अर्थमन्त्री निर्मला सीतारमण निको भएर संसदमा फर्केपछि सरकार मूल्यवृद्धिमा बहसको लागि तयार छ । ’
निलम्बित सांसदले सदन नछोडेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो । यसअघि तल्लो सदन लोक सभाका सभामुखले संसदका चार सदस्यलाई बर्खे अधिवेशनसम्मका लागि निलम्बित गरेका थिए । सभामुखको चेतावनीबीच सदनभित्र प्लेकार्ड देखाएको आरोपमा उनीहरू निलम्बित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण