नेपाल समाजवादी पार्टीको बैठक शनिबार बस्दै
शुक्रबार, २० साउन २०७९, ०९ : ३०

नेपाल समाजवादी पार्टीले साउन २१ गते शनिबार बैठक बोलाएको छ । काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ ।
बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी