सुदूरपश्चिमका ९४ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा एकैदिन ९४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार एकसय सात जनाको परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ५७, कैलालीका ३३, डडेल्धुराका दुई, बैतडीका एक र दार्चुलाका एकजना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । गौरीफन्टा नाकाबाट १२, गड्डाचौकी नाकाबाट फर्किएका सात, पुलघाट नाकाबाट एक र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।
सुदूरपश्चिममा हालसम्म पाँच लाख ६६ हजार आठ सय ९९ जनाको कोरोना परीक्षण गरिएकामा ६० हजार छ सय पाँच जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३४ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराट गोल्डकप : विराटनगर सिटी फाइनलमा
-
अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोट, ६ जनाको मृत्यु
-
बेचबिखनमा परेका नौ युवतीको उद्धार, तीनजना पक्राउ
-
एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा
-
मिटरब्याजी पीडित सडकमै बास बस्ने तयारीमा
-
भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो