तीन मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच भेटवार्ता
सरकारका ३ मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच सिंहदरबारमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाण, खानेपानी मन्त्री उमाकान्त चौधरी, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी र सभाका पदाधिकारीबीच छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए । कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी, केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी र रुक्मिणी चौधरी सहभागी थिए ।
थारु कल्याणकारीणी सभाले सरकारसँग राखेका मागका सम्बन्धमा छलफल भएको र छलफल सकारात्मक भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नो तर्फबाट गृहकार्य गरेर पुनः छलफल गर्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला