भारत र नेटो लामो समयदेखि निकट सम्पर्कमा

person explore access_timeसाउन २८, २०७९ chat_bubble_outline0

भारत र नेटो बीच विभिन्न स्तरमा निकट छलफल र सम्पर्क  रहेको  भारतको विदेश मन्त्रालयले जनाएको छ।  ब्रसेल्समा दुई पक्षबीच विभिन्न स्तरमा सम्पर्क भइरहेको बताइएको छ। 


"भारत र नेटोले लामो समयदेखि ब्रसेल्समा विभिन्न तहमा सम्पर्क जारी राखेका छन्। पारस्परिक हितका विश्वव्यापी मुद्दाहरूमा विभिन्न सरोकारवालाहरूसँग हुने हाम्रो सम्पर्कको यो एउटा अंश हो," मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले बताएका छन् । 



उनले सन् २०१९ मा भारत र नेटोबीचको राजनीतिक संवादको मिडिया रिपोर्टको बारेमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा सो कुरा उल्लेख गरेका हुन् । भारतले  सन् २०१९ डिसेम्बरमा उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) सँग आफ्नो पहिलो राजनीतिक वार्ता गरेको  बताएको छ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।