गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई
बुधबार, ०१ भदौ २०७९, १४ : ४३
गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकारी (सीईओ) निर्मल भट्टराई नियुक्त भएका छन् । बुधबारदेखि उनले सीईओको रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् ।
भट्टराईले भारतबाट चार्टड एकाउन्टेन्सी (सीए) गरेका छन् । गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।