विभिन्न स्थानमा लागूऔषधसहित ४ जना पक्राउ
काठमाडौं, मकवानपुर, झापा र धादिङबाट अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२ लाजिम्पाट खुर्सानीटारबाट ३५० ग्राम गाँजासहित रामेछाप घर भएका १९ वर्षीय चिना तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१० न्युरेनीबाट ३०५ ग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपलिका–३ बस्ने १९ वर्षीय राजेन्द्र कामीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एक ग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका–११ बस्ने ३२ वर्षीय पशुपति दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीबाट करिब २६४ केजी गाँजासहित सोही गाउँपालिका–७ बस्ने ३६ वर्षीय बुद्धिमान तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवा जान लागेको ग.१ ख ९७५४ नम्बरको ट्रकमा लोड गर्दै गरेको अवस्थामा उक्त गाँजा फेला पारी ट्रक चालक तामाङलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न