चर्चित टिकटक स्टार खमी लामेले इटालियन नागरिकता पाए
विश्वका सबैभन्दा चर्चित टिकटकर खबी लामे इटालीको नागरिक भएका छन् । उनका व्यंग्यात्मक, आवाजविहीन साना भिडियो क्लिपहरू विश्वभर चर्चित छन् । उनी टिकटकमा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति हुन् ।
‘म गणतन्त्र इटालीप्रति बफादार हुने र संविधान तथा राज्यको कानून पालना गर्ने कसम खान्छु ,’ लामेले यस हप्ता ट्युरिन नजिक रहेको सहर चिभासोमा अधिकारी अघि शपथ खाँदै भने । लामेको परिवार उनी सानै छदा सेनेगलबाट इटाली सरेको थियो । उनको परिवार इटाली आउँदा उनी एक वर्षका मात्र थिए ।
पुरा नाम ‘खबाने सेरिग्ने लामे’ रहेका उनले सन् २०२० देखि टिकटक बनाउन थालेका थिए । महामारीको पहिलो लकडाउनमा उनले जागिर गुमाएपछि टिकटक बनाउन थालेका थिए । दुई वर्षको छोटो समयमा उनले विश्वव्यापी स्टारडम कमाइसकेका छन् । टिकटकमा हाल उनका १४.८ करोड फलोअर्स छन् र उनी टिकटकमा धेरै फलोअर्स हुनेमा पहिलो स्थानमा छन् ।
‘मेरो अनुहार र मेरो अभिव्यक्तिले मानिसलाई खुसी बनाउँछ,’ लामेले गत वर्ष न्यू योर्क टाइम्ससँगको वार्तामा भनेका थिए । उनले आफ्ना अनुहारमा व्यक्त हुने भावहरु ‘विश्वव्यापी भाषा’ भएकाले सबैले बुझ्ने बताए ।
नागरिकता लिएपछि उनले आफूलाई ‘गर्व महसुस भएको’ प्रतिक्रिया दिएका थिए । ‘नागरिकता लिनुअघि नै म आफूलाई इटालियन महसुस गर्थेँ । मलाई यो भन्दा अन्य अनुभव नै छैन, म सधैं यही मुलुकमा छु । तर शपथले थप ठूलो जिम्मेवारी महसुस गराएको छ ,’ लामेले भने ।
लामेले नागरिकता लिएपछि बोल्ने क्रममा इटालीमा आप्रवासीहरूका लागि नागरिकताको जटिल बाटो तर्फ पनि इंगित गरे । इटालीमा जन्मिएका आप्रवासीका सन्तानहरुले लगातार देशमा बसिरहे भने १८ वर्षपछि इटालीको नागरिकता पाउँछन् । तर लामेजस्ता अन्यत्र जन्मिएका मानिसहरूका लागि यो प्रक्रिया निकै जटिल छ ।
‘यति वर्षसम्म इटालियन संस्कृतिबीच हुर्केको व्यक्तिलाई नागरिकताको अधिकारबाट बन्चित गर्नु ठीक होइन । यो मैले आफ्नो लागि मात्र बोलेको होइन मजस्ता धेरैको पक्षबाट बोलेको हुँ ,’ उनले इटालियन दैनिक पत्रिका ‘ला रिपब्लिका’सँग भने ।
सीबीएसन्युजबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने
-
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै