थारु समुदायलाई लुम्बिनी सरकारले दियो सार्वजनिक बिदा
आइतबार, १२ भदौ २०७९, १० : ०७
लुम्बिनी प्रदेश सरकारले थारू जातिको अटवारी पर्वको अवसरमा सो समुदायलाई आज सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अटवारी पर्व मनाउने समुदायलाई मात्र सार्वजनिक बिदा दिएको हो। बिदा मिलान गर्ने गरी थारु समुदायलाई पर्व बिदा दिएको हो ।
यसैगरी, थारुहरुको चाड अटवारीका अवसरमा दाङ जिल्लाका ४ स्थानीय तहले पनि सार्वजनिक बिदा दिएका छन्। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकाले थारू जातिले मनाउँदै आएको अटवारी पर्वको अवसरमा बिदा दिएका छन ।
सूर्यको उत्पति भई संसार उज्यालो भए पछि मानवसहित सम्पुर्ण प्राणीहरूको कल्याण भएको मान्यता अनुसार थारु समुदायले सूर्यको पूजा आराधना गरि यो पर्व मनाइने परम्परा रहेको थारू समुदायको भनाइ छ। यो थारु समुदायको दोस्रो ठुलो पर्व हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण