कैलालीसहित ३ जिल्लामा टुङ्ग्यायो नागरिक उन्मुक्ति पार्टीले उम्मेदवार
धनगढी । दर्ता भएको छोटो समयमै आफ्नो पहिचान बनाउन सफल नागरिक उन्मुक्ति पार्टीले कैलालीसहित ३ जिल्लामा उम्मेदवार टुङ्गो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रधिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ ।
पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीका अनुसार सो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार करिब करिब टुङ्गो लागेको बताए । उनका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नम्बर १ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको र रञ्जिता नै उम्मेदवार बन्ने निश्चित भएको जानकारी दिए ।
त्यस्तै, क्षेत्र नं. २ बाट अरुण चौधरी, क्षेत्र नं. ३ बाट गंगा चौधरीको नाम टुङ्गो लागेको उनले बताए । क्षेत्र नं. ४ बाट राजाराम चौधरी र पूर्व सांसद कैया चौधरीमध्ये एक जना उम्मेदवार बन्ने उनले जनाए । सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं. ५ बाट थरुहट नेता लक्ष्मण थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको उनले जनाए ।
३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ । क्षेत्र नं. १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना, क्षेत्र नं. २ बाट फूलराम चौधरी र ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भएको संगठन विभाग प्रमुख चौधरीले जानकारी दिए ।
त्यस्तै, २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा ३ जनाको नाम अगाडि सारिएको छ । सो क्षेत्रबाट डा. प्रदीप ढकाल, सोमै थारु र पार्टीकै संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने जनाइएको छ । क्षेत्र नं. २ बाट रेशम चौधरीको नाम अगाडि सारिएको छ ।
स्थानीय तह निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी सो पार्टीले कैलालीको ४ स्थानीय तहमा प्रमुख जितेर आफूलाई स्थापित गरिसकेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पनि सो दलले कसैसँग गठबन्धन नगर्ने रणनीति बनाएको जनाइएको छ ।
एकल रुपमा चुनाव लड्ने बताउँदै संगठन प्रमुख चौधरीले भने, ‘हामी हाम्रो पार्टीको जन्म नै राजनीतिक उत्पीडन, अन्याय र विभेदबाट भएको हो । अहिलेसम्म ठूला दल भन्नेहरुले हामीलाई स्वीकार गर्नै सकेका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण