डिशहोमको 'उत्सव फाइबरनेट'अफर सार्वजनिक
शुक्रबार, ०७ असोज २०७९, ०७ : ५६
डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ ।
उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र ८७० रुपैयाँमा प्रति महिना २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा ७५ एमबीपीएस, ६८७ रुपैयाँमा १०० एमबीपीएस, ८२४ रुपैयाँमा १५० एमबीपीएस र ९१६ रुपैयाँमा २५० एमबीपीएसका प्याकेजहरु उपलब्ध रहेको डिसहोमले जनाएको छ ।
यो प्याकेज अफरमा एक वर्षको जडान गर्ने ग्राहकहरुले राउटर पनि सित्तैमा पाउनेछन् । इन्टरनेटसँगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुले २५० रुपैयाँ प्रति महिनामा डिशहोम आई टिभीको सेवा पनि लिन पाउने डिशहोमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै