सञ्चय कोष
कमाउँदै जाँदा
खर्चिदै जाँदा
बच्छ र यहाँ कति ?
समय बग्छ
भोलि आउँछ
कमाउने हात गल्छन्
खुट्टा थरथराउन थाल्छन्
मुटु कमजोर बन्छ
देख्छन्
अगाडि सिंगो भविष्य हुन्छ
पर परसम्म ।
तर रत्तीभर पीर छैन उनलाई
किनकि
हातमा पेन्सन पट्टा हुन्छ
अंश अंश गरी संकलित
एकमुष्ठ मिल्ने सञ्चय कोष नि हुन्छ
मनमा सन्तुष्टि मिल्छ
आफू र आफ्नो सन्ततिको सुन्दर भविष्य हुन्छ
त्यसको सुनिश्चितता हुन्छ
आशा हुन्छ
भरोसा हुन्छ
दुःखको कमाइभित्र मीठो फल मिल्छ
बीचमा, याद आउँछ
पहिले जागिरमा छँदा
बिरामी हुँदा
कोषले खर्च बेहोरेको
शैक्षिक सापटी लिएर छोरी पढाएको
पछि, घर सापटी लिएर घर नि बनाएको
बार्दलीमा बस्दै सम्झन्छन् उनी
कोष कार्यालयमा
स्टेट्मेण्ट लिन गएको
एक महिना दुई महिना गन्दै
सम्झिदै अनि गुन्दै
एकतीस वर्ष कटाएको
कोष कट्टी सबै महिनाको
भए नभएको बताएको
सम्झन्छन् उनी
यी र यस्तै सुविधाको खातिर
लोकसेवा भिडेको
जागिर मिलेको
र, त्यहाँ देख्छन्
सुरक्षित भविष्य खुलेको
सुरक्षित भविष्य खुलेको ।
(कर्मचारी सञ्चय कोषको ६१औं वार्षिकोत्सवका अवसरमा रचना गरिएको)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण