राजनीतिमा युवाहरूको चासो बढ्नु सकारात्मक

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको बिस्तारै चासो बढ्नु सकारात्मक भन्दे अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् ।
आज मोरङ समाज काठमाडौँले दसैँ तिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै, उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोड दिँदै सीपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मङ्सिर ४ को निर्वाचनपछि बन्ने सरकारले जनतालाई अनुभूति गर्ने गरि काम गर्ने बताए । हरेक वडामा ल्याबसहितको क्लिनिक पु¥याउनुपर्ने र हरेक क्षेत्रमा सिप सिकाउने तालिम केन्द्र खोल्नुपर्नेमा आफ्नो जोड रहेको सिंहको भनाई थियो ।
संविधानको कार्यान्वयन गर्न र गाउँ गाउँमा सिंहदरबारको अवधारणालाई साकार गर्न नेपाली काँग्रेसको जित आवश्यक रहेकोमा सिंहको जोड थियो । कांग्रेस कमजोर हुँदा संविधानसभा संविधान बनाउन विफल भएको उदाहरण दिँदै उनले कांग्रेस संसद्मा बलियो भएपछि मात्र संविधान जारी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार