डेङ्गुले महामारीको रुप लियो, सरकार गम्भीर हुन सकेन : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा लिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञाना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले जनस्तरमा अनुभूत हुने गरि सरकारले काम गर्नुपर्ने बताए ।
सिटामोल पनि भनेको समयमा नपाएको भन्ने गुनासो रहेकाले यसप्रति सरकार गम्भीर हुन नसकेको उनको गुनासो थियो ।
नेता सिंहले मुलुक संकटमा परेको समयमा कांग्रेसले नै निकास दिने गरेको निर्वाचनमा कांग्रेसलाई अवसर दिएमा राजनीतिक स्थायित्व कायम हुने जिकिर गरे । कांग्रेसले अवसर पाए जनतालाई महसुस हुने गरी काम गर्ने उनको दाबी थियो ।
स्थानीय साधन स्रोतको परिचालन गर्ने र पर्यटन क्षेत्रको बिकास मार्फत रोजगारीको सृजना गरि युवा वर्गलाई स्वदेशमै राख्न सकिए मात्र देशले विकासमा फड्को मार्ने नेता सिंहको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण