डेङ्गुले महामारीको रुप लियो, सरकार गम्भीर हुन सकेन : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेङ्गु महामारीको रुपमा लिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य विद्यालयको विज्ञाना प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले जनस्तरमा अनुभूत हुने गरि सरकारले काम गर्नुपर्ने बताए ।
सिटामोल पनि भनेको समयमा नपाएको भन्ने गुनासो रहेकाले यसप्रति सरकार गम्भीर हुन नसकेको उनको गुनासो थियो ।
नेता सिंहले मुलुक संकटमा परेको समयमा कांग्रेसले नै निकास दिने गरेको निर्वाचनमा कांग्रेसलाई अवसर दिएमा राजनीतिक स्थायित्व कायम हुने जिकिर गरे । कांग्रेसले अवसर पाए जनतालाई महसुस हुने गरी काम गर्ने उनको दाबी थियो ।
स्थानीय साधन स्रोतको परिचालन गर्ने र पर्यटन क्षेत्रको बिकास मार्फत रोजगारीको सृजना गरि युवा वर्गलाई स्वदेशमै राख्न सकिए मात्र देशले विकासमा फड्को मार्ने नेता सिंहको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान्य विवादमा कञ्चनपुरमा एक पूर्वशिक्षकको हत्या
-
संसद् बैठकबारे प्रधानमन्त्री र सभामुखबिच छलफल
-
ओलीलाई शेखरको जवाफ : कांग्रेस कुनै राजनीतिक दलको धम्कीले डराउँदैन
-
सुशासनमा जोड दिँदै शान्ति समाजले गणतन्त्र दिवस मनाउने
-
सहकारी समस्या समाधानका लागि छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग
-
प्रतिपक्षलाई होच्याएर संसद् चल्न सक्दैन : राजेन्द्र पाण्डे