राष्ट्रपतिको कदमले भूराजनीतिक सन्तुलन कायम राख्न चुनौति थपियो : डा. भट्टराई
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले भूराजनीतिक सन्तुलन कायम राख्न चुनौति थपिएको बताएका छन् । विश्व शक्ति राष्ट्रहरुको नेपालमा गतिविधि बढेको बेला सरकारको आग्रह समेत नमानी राष्ट्रपति भण्डारीले गतिविधि गरेको भन्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।
नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् । विश्व शक्ति राष्ट्र अमेरिकाले एसिया प्यासिफिक कार्यक्रम संचालन गरिरहेको तथा नेपालमा स्वतन्त्र तिब्बतका नाममा हुने गतिविधिले अर्काे प्रकारको समस्या ल्याउने उनले बताए । नेपालको आफ्नै विशिष्ट भूराजनीतिक जटिलता भएकोले विवेकसम्मत ढंगले चल्नुपर्नेमा राष्ट्रपति कुनै पक्षमा देखिने गरी सहभागी भएको उनको आरोप छ ।
‘हाम्रो भूराजनीतिक जटिलता छ, गैरजिम्मेवार ढंगले गतिविधि गरेर हामीले भूराजनीतिक सन्तुलन मिलाउँछौं कि विगार्छाैं ? एसिया प्यासिफिक मडारिएर आउँदैछ, यसको ट्याकल हामीले कसरी गर्ने भनेर अहिलेदेखि नै तयारी गर्नुपथ्र्याे, सरकारको भनाई एकापट्टी छ, राष्ट्रपति अर्काेपट्टी छ, यस्तो गैरजिम्मेवारीपूर्ण तरिकाले हामीले हाम्रो भूराजनीतिक सन्तुलन कायम राख्न सक्दैनौं,’ डा. भट्टराईले भने ।
राष्ट्रपति विद्यादेवी भण्डारी केही दिन अघि चीनको एक कार्यक्रममा सहभागी भएको सन्दर्भ उठाएर डा. भट्टराईले यस्तो बताएका हुन् । राष्ट्रपति भण्डारीले चाइनिज पिपुल्स एसोसिएसन फर पिस एण्ड डिसआर्मामेन्टले आयोजना गरेको एक सम्मेलनमा असंलग्न परराष्ट्र नीति, पञ्चशील र विश्व शान्तिमा योगदानका विषयमा रेकर्डेड विभियो सम्बोधन गरेकी थिइन् । सरकारले राष्ट्रपति भण्डारीलाई सो सम्मेलनमा सहभागी नहुन आग्रह गरेको थियो ।
डा. भट्टराईले उच्चतम तहमा बस्ने व्यक्तिहरुले समेत संविधानलाई मिच्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगामा प्वाल पार्ने काम गरेको आरोप पनि लगाए । संघीयतालाई मिच्नेहरुलाई रोक्नका लागि उन्नतप्रकारको लोकतन्त्रको विकास गर्न जरुरी रहेको भन्दै उनले नेपाल जस्तो विविधतायुक्त देशमा संघीयता नभइ नहुने धारणा राखे । अहिले प्राप्त भएको संघीय लोकतन्त्रलाई अझ बलियो बनाउनुको विकल्प नभएको उनको विश्लेषण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण