‘स्मार्ट’ बत्तीले झलमल्ल सडक
बुधबार, १२ असोज २०७९, ०७ : १३
काठमाडौँको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडकखण्ड स्मार्ट सडकबत्तीले झलमल्ल भएको छ । नेपाल विद्युत् प्राधिकरणले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा सो खण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रिप÷आइल्यान्डमा यस्तो बत्ती जडान गरेको हो ।
सडकको बीचमा रहेका आइल्यान्डमा राखिएका पोलमा १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरिएको छ । यसले गर्दा कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने करिब ४५० वटा यस्ता बत्ती जडान गरिएपछि रातिको समयमा सो सडकखण्ड चित्ताकर्षक बनेको छ । यसबाट सडकको रात्रिकालीन सौन्दर्य देख्न सकिनेछ । घटस्थापनाको दिन पारेर प्राधिकरणले सोमबार रातिदेखि यी बत्ती बाल्न थालेको हो । यो कारोबार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण