सोमबार, २३ माघ २०७९
ताजा लोकप्रिय

न्युजिल्याण्डमा प्रकाश र भरतको  दसैँ विशेष कार्यक्रम

बुधबार, १२ असोज २०७९, ०९ : १८
बुधबार, १२ असोज २०७९

चर्चित गायक प्रकाश सपुत र कमेडियन भरतमणि पौडेल आगामी अक्टोबरमा न्युजिल्याण्ड आउँदै छन् । न्युजिल्याण्डको विभिन्न सहरहरुमा दुई कलाकारले आफ्नो प्रस्तुति दिने छन् । 

दसैँको अवसरमा न्युजिल्याण्डको लाखे ईभेन्ट्सले न्युजिल्याण्डको ६ सहरमा विशेष कार्यक्रम आयोजना गर्न लागेको हो । आयोजक लाखे ईभेन्ट्सका डिरेक्टर प्रमेश देवकोटाका अनुसार अक्टोबर ७ मा ह्यामिल्टन, ओक्टोबर ८ मा ताउर‌ंगा, अक्टोबर ९ मा वेलिङटनमा कार्यक्रम आयोजना हुँदै छ । 

त्यस्तै १४ अक्टोबरमा अयास् बर्टन, १५ अक्टोबरमा इन्भरकार्गिल र १६ अक्टोबरमा क्राइस्टचर्चमा दसैँ विशेष कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा स्थानिय नेपाली कलाकारको पनि प्रस्तुती रहने आयोजकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप