दललाई उम्मेवार छान्नै हम्मे
१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली कांग्रेसभित्र एकातर्फ समाानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न कांग्रेसलाई सकस भइरहेको छ ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतरसमूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको र सिट बाँडफाँट सकिएलगत्तै कांग्रेसका भागमा परेका निर्वाचन क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने जानकारी दिए । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण