शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डीआरको ‘ईशा’ सार्वजनिक

बिहीबार, १३ असोज २०७९, ०८ : २२
बिहीबार, १३ असोज २०७९

एउटै एल्बममा ४५ वटा भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ सार्वजनिक गरिएको छ । कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको यो एल्बम कमलपोखरी स्थित सिटी सेन्टरको भीडभाडमा विमोचन गरिएको हो ।

गीतकार संघका निवर्तमान अध्यक्ष चुण्डामणि देवकोटाका, सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी लगायतले एल्बम विमोचन गरेका थिए ।

कार्यक्रममा गीतकार देवकोटाले उपाध्यायले आफ्ना सिर्जना श्रोता-दर्शकमाझ ल्याउँदा सधैं अपनाउने अलग अलग र पृथक तरिकाले सबैलाई आकर्षण गर्ने गरेको बताए । उनले नेपाली गीत संगीतको फाँटमा उपाध्यायको काम सबैका लागि प्रेरणादायी भएको भन्दै अझ धेरै सिर्जना पस्किनका लागि शुभकामना दिए ।

त्यस्तै एल्बमा श्रष्ठा गीतकार डा. उपाध्यायले आफूलाई हरेक काम फरक तरिकाले गर्न मनपर्ने भएकोले हरेक पटक फरक तरिकाबाट एल्बम विमोचन गर्ने गरेको बताए । उनले सार्वजनिक एल्बममा सबै प्रकारका गीतका भिडियो सहित समेटेकोले श्रोता दर्शकका लागि यो एउटा राम्रो प्याकेज भएकोले सबैको मन छुने विश्वास ब्यक्त गरे ।

एल्बममा रहेको गीत तथा भिडियोमा चलेका गायक गायिका, संगीतकारकै स्वर तथा संगीत रहेको छ भने म्युजिक भिडियोमा पनि अहिले चलेकै मोडलहरुले प्रथामिकता पाएका छन् ।

गीतसंगीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गरेका उपाध्यायका १४ उपन्यास र सयौं गीत यस अगाडि सार्वजनिक भइसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप