काँग्रेस मधेस प्रदेश : महामन्त्री श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन
बिहीबार, १३ असोज २०७९, १८ : ०८
नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेका छन् । सभापति यादवले मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय समिति गठन गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।
यादवले समितिमा कोषाध्यक्ष प्रदीप यादव सहमहामन्त्री जयनारायण यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव लगाय समितिमा मनोनित गरेका छन् । कांग्रेसले सातै प्रदेशमा छुट्टा छुट्टै घोषणापत्र बनाउँदैछ । केन्द्रमा महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको समितिले घोषणापत्र निर्माणको काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न