राप्रपामा करिब ७ सयको नाम सिफारिस

person explore access_timeअसोज १५, २०७९ chat_bubble_outline0

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब  ७ सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस भएर आएका नामबाट योग्य उम्मेदवार छनोट गरिएको पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।


प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि करिब सात सय उम्मेदवारको नाम सिफारिस भएको छ । पार्टीले समान विचार भएका राजनीतिक दल तथा समूहसँग एकीकरणका साथै गठबन्धन गर्न केही दलसँग औपचारिक तथा अनौपचारिक छलफलसमेत सुरु गरेको छ । 



उक्त पार्टीले नेकपा (एमाले) सँग पनि चुनावी गठबन्धनका लागि वार्ता गरिरहेको जनाएको छ । गठबन्धनका लागि सिट बाँडफाँट भएपछि मात्र पार्टीले प्राप्त गर्ने सिट र क्षेत्र निर्धारणका आधारमा उम्मेदवारलाई टिकट वितरण गरिने नेता सुन्दर पाण्डेले जानकारी दिए ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।