त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ
एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं। १० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैँ आएको भन्दै खुसी साटासाट गरेका छन् ।
यसअघि विक्रम संवत् २०३६ को दशैँमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो । त्यतिबेला स्थानीय वीरबहादुर खत्रीले रोटेपिङ हाल्ने नेतृत्व गर्थे । उनको निधन भएपछि रोटेपिङ हाल्न रोकिएको राजेन्द्र कुँवरले स्मरण गरे ।
उनका अनुसार हरेक वर्ष रोटेपिङ हाल्ने कुरा गरिन्थ्यो तर व्यवहारमा ल्याउन सकिएको थिएन । उनले भने “अहिले बनेपछि आफ्नो पुस्ताले रोटेपिङ कसरी बन्छ भन्ने कुरा नजिकबाट हेर्न पाएको छ ।”रुख काट्ने, चिरान गर्ने र रोटेपिङ हाल्ने काम पाँच दिनमा पूरा भएको उनले बताए । त्यतिबेला बुवा, हजुरबुवाले रोटेपिङ बनाएको हेरेर त्यसलाई स्मरण गर्दै रोटेपिङ बनाउन सफल भएको बताए ।
स्थानीय साधनकै प्रयोग गरेर बनाइएको रोटेपिङको जनश्रमदानबाहेक २० हजार रुपियाँ खर्च भएको र त्यसको जोहो स्थानीयस्तरबाटै गरेको उनले बताए । यो समाचार गोरखापत्र दैनिकामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण