शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण

बुधबार, १९ असोज २०७९, १६ : १३
बुधबार, १९ असोज २०७९

देशभर थप १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ सय ८७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा ७६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ७३२ पुगेको छ । यस्तै थप ९ हजार ५११ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप