पाँच देशसँगको श्रम सम्झौतालाई परिमार्जन गर्ने तयारी
सरकारले साउदी अरब र सेसेल्ससँग नयाँ सम्झौता गर्नुका साथै यूएई, मलेसिया र कतारसँग विगतमा भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने तयारी गरेको छ। सरकारले आधा दर्जन नयाँ तथा पुराना श्रम गन्तव्य देशसँग यसअघि भएका श्रम सम्झौतालाई नयाँ परिवेशअनुसार परिमार्जन गर्ने तयारी भएको हो।
यसअघि सम्झौता गरिएका र नयाँ सबै मुलुकसँग गरिने सम्झौतामा शून्य लागतलाई प्राथमिकतामा राखी नेपालले मस्यौदा तयार गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रममन्त्री शेरबहादुर कुँवरले आफ्नो कार्यकालको समीक्षा गर्दै साउदी अरब र सेसेल्स, यूएई, मलेसिया र कतारसँग श्रम सम्झौता गरिने बताए । नेपालले यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता संशोधन गरे नयाँ परिवेश अनुसार गर्ने तयारी गरेको छ । यसमध्ये पनि साउदी अरब र सेसेल्ससँग भने नेपालले नयाँ श्रम सम्झौता गर्ने भएकाले कतिपय विषयमा चरणबद्ध छलफल हुन सक्ने मन्त्रालयले जनाएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण