गफाडीहरुले देश बिगारे : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गफाडीहरुले नै देश बिगारेको बताए । शुक्रबार राजधानीमा आयोजित चार्टर्ड एकाउन्टेन्टको कार्यक्रममा बोल्दै डा.भट्टराईले ठूला ठूला गफ दिने तर व्यवहारमा कसैले पनि देश, समाज र राष्ट्र हितमा काम नगर्ने परिपाटीले मुलुकले दुःख भोगिरहेको बताए ।
मुलुकमा ठूला–ठूला राजनीतिक परिवर्तन, प्रणालीको परिवर्तन भएपनि आर्थिक विकासमा परिवर्तन आउन नसकेको भन्दै डा.भट्टराईले अब सबैले आर्थिक परिवर्तनमा जोड दिनुपर्ने बताए । ‘जीवनभर गफ दिने र उत्तरार्द्धमा देश छाडेर एउटा कुनामा गएर बसेर देश बन्दैन । देश बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट देश विकासका लागि, आर्थिक विकासका लागि के गर्न सकिन्छ सो गर्नुपर्छ’ डा.भट्टराईले भने, ‘सबै सेक्टरका सबै जिम्मेवार नागरिक तथा व्यक्तिहरुले जिम्मेवार हुनुपर्छ। देशको हितमा सोच्नुपर्छ अनि मात्र देशको विकास हुन्छ’ उनले भने ।
सोही अवसरमा डा.भट्टराईले चार्टर्ड एकाउन्टेन्टहरूले नै अनियमितता र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरिरहेको समेत आरोप लगाए । ‘राजनीतिज्ञले भ्रष्टाचार गर्छ, तपाईहरु सुरक्षित गरिदिनुहुन्छ । व्यापारीले कर छल्छ, दोहोरो एकाउन्ट, बिल बनाउँछ तपाईहरु ढाकछोप गरिदिनुहुन्छ । फेरि संघ संस्थाले पैसा खुवाउँछ, सम्मान गरिदिन्छ तपाईहरु त्यसको पनि अडिटमा गल्ती ढाकछोप गरिदिनुहुन्छ । अनि कसरी देश बन्छ ?’ पूर्व अर्थमन्त्रीसमेत रहेका डा. भट्टराईले चार्टर्ड एकाउन्टहरू माथि नै प्रश्न उठाए ।
कार्यक्रममा डा.भट्टराईले आफुलाई लोकतान्त्रिक पार्टी भनेर गर्व गर्ने नेपाली काँग्रेस जस्तो पार्टीले आर्थिक विज्ञ अर्थविद् डा.स्वर्णिम वाग्लेलाई टिकट दिन नसकेको भन्दै आलोचना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
-
अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा बढी प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण