कविता : म आगो हुँ
म आगो हुँ, मलाई सानो नसम्झ
नहेप मलाई कसैले तुच्छ सम्झेर
खरानी बन्छ, सबै थोक मेरो एक झिल्काले
सक्छु म खाक बनाउन, मानवको देहलाई चितामा
प्रयोग गर सबैले, राम्रोसँग मेरो
सही सदुपयोग गर, सबैले मेरो
चिन सबैले उपयोगिता र महत्त्व मेरो
ध्वस्त हुन्छ सबै, दुरुपयोग गरे मेरो
नजिस्क मसँग अनि खेलाँची नगर मलाई
टाढा राख मबाट, साना बालबालिकालाई
प्रवेश गरे मानिस, ढुङ्गे युगबाट आधुनिक युगमा
मेरै कारण पकाएर खान पाए मानिसले
नभए खानु पर्थ्यो काँच्चै खानेकुरा
सम्झ सबैले मेरो गुण र मेरो महत्त्व
अन्धकार भगाई उज्यालो बनाउँछु,
अनि चिसोबाट सबैलाई बचाउँछु
मलाई साक्षी राखी,
मेरो सामु बसी विबाहित नव जोडीहरु
खान्छन् कसम,
जिन्दगी भर साथ निभाउँछु भनी
पुज्छन् सबैले अग्निदेव भनी मलाई
चाहिन्छ म नै मानिसलाई,
जन्मेदेखि मृत्यु पर्यन्तसम्म
हुँदैन म नभई
अनि,
चल्दैन म नभई केही यस संसारमा ।
केही यस संसारमा ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण