आयोगले गर्यो ‘लौरो, डोजर र क्रस खुकुरी’ चुनाव चिन्हमा परिमार्जन
शनिबार, २९ असोज २०७९, १६ : ११
निर्वाचन आयोगले उम्मेदवारहरूलाई दिइसकेको ३ वटा चुनाव चिन्ह परिमार्जन गरेको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्धारण गरेको चिन्हमध्ये तीनवटा निर्वाचन चिन्हहरूमा सामान्य हेरफेर गरिएका आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी लौरो, डोजर र क्रस खुकुरी चिन्हमा सामान्य परिमार्जन गरिएको हो । आयोगको अभिलेखमा रहेको निर्वाचन चिन्हको नाम र चिन्हमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले उक्त निर्णय गरिएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण