झलनाथ खनाल उम्मेदवार रहेको इलाम–१ को यस्तो छ नमुना मतपत्र
नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ को नमुना मतपत्रमा ११ वटा चुनाव चिह्न रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राजनीति दल र स्वतन्त्रसहितका चुनाव चिह्न समेटेर मतपत्र तयार गरिएको हो ।
सो निर्वाचन क्षेत्रमा एमालेको सूर्य चिह्न पहिलो नम्बरमा रहेको छ भने जसपा दोस्रो र राप्रपाको हलो तेस्रो नम्बरमा रहेको छ । यसैगरी एकीकृत समाजवादी पार्टीको चुनाव चिह्न चौथो नम्बरमा रहेको छ । इलाम क्षेत्र नम्बर १ मा एमाले र एकीकृत समाजवादी पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले महेश बस्नेत र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार रहेका हुन् ।
सोही क्षेत्रमा जनता समाजवादी पार्टीले नेपाले कमल कुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीले तोयानाथ शर्मा सापकोटा, मंगोल नेशनल अर्गनाइजेसनले बुद्धलाल मेचे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जीतकुमार मुखिया, राष्ट्रिय जनमुक्ति पार्टीले पदमबहादुर लिम्बु, नेपाली कांग्रेस (बीपी)ले गणेशप्रसाद पौडेललाई उम्मेदवार बनाउँदा स्वतन्त्र उम्मेदवारका रुपमा बिक्रम पाण्डे, नेत्रप्रसाद रेग्मी र निमातेन्जिङ शेर्पा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण