कविताः मकल बनाइएको युक्रेन
शनिबार, ०५ कात्तिक २०७९, ०७ : ३५
अलिकति बीउ आगोको
खै कहिले राखी दियो मकलमा
आगो खेल्ने चतुरहरुले
त्यस उप्रान्त फुक्न थाले
कहिले मकलनिर आएर
कहिले टाढा बसेर
र, त्यो आगो सल्केर
जब पोल्ने अवस्था आयो
मकलको आगो निभाउने
र दन्काउने द्वन्द्व चर्किन थाल्यो
र, त
मकल अग्नीकुण्डमा परिणत भए
एकातिर घिउ थपेर
अर्कोतिर आगो बर्साएर
आगो निभाउने बहानामा
परैबाट आगो तापेर
दन्केको आगो हेरेर
फेरि योजना बनाउदैछन्
विभिन्न तरिकाले फेरि पनि घिउ थप्न
मकल बाहिरसम्म आगो लगाउने चेष्टाले
उता आगो निभाउन
आगाका डल्लाहरु फाल्दैछन्
मकलमाथि फेरि फेरि पनि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण