कविता : घडी र समय
घडीका सुईहरू फन्किरहन्छन्
सेकेण्ड, मिनेट र घण्टा हुँदै
सूर्य घडीभित्र पस्छ
अनि निस्कन्छ
बिहान, दिउँसो, रात पार्दै
एउटा घडीले हजारौं सूर्य निल्छ
दिनसँगै, रात सँगै ।
सुत्दैन यो
थाक्दैन यो
दिन ढाल्छ
महिना फाल्छ
वर्ष हाल्छ
दशक गाल्छ
घुमि घुमि एकनाश ।
हेर्दै हेर्दै
समय यति भो भन्दा भन्दै
घडी बेरिएको नाडी पातलिदै जान्छ
हड्डी कमजोर बन्छ
छाला चाउरिदै जान्छ
रक्तसञ्चार कम हुँदै जान्छ नाडीमा
आँखाले सेकेण्ड सुई नदेख्ने हुन्छ
पछि मिनेट
झन् पछि त
घण्टाको सुई नि हराउँछ आँखाबाट
समय बित्दै जान्छ
निल्दै जान्छ घडीले पलहरू
एक दिन यस्तो आउँछ
आँखाले भर पाउँदैन
घडी घुमेको हेर्न सक्दैन
अरूलाई सोध्नुपर्ने हुन्छ समय
कति बज्यो भनेर
घडीले जो समय खान्छ
जोवन तान्छ
जीवन लान्छ
तर
घुमन्ते सुईहरू घुमिरहन्छन्
अविच्छिन्न
सूर्य निल्दै
रात पार्दै
जून निल्दै
दिन पार्दै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण