बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।
सुरक्षा दृष्टिकोणले मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन भागमा वर्गीकरण गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थलको संवेदनशीलता वर्गीकरण गरिएको हो । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ मतदानस्थल कम संवेदनशीलको सूचीमा राखिएको छ ।
विगतको निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावजस्ता विषयलाई आधार मानेर निर्वाचन स्थल र केन्द्रका लागि सुरक्षा संवेदनशीलता तयार पारिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना निर्माण गरिरहेको छ । मतदान स्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण भइरहेको हो । जिल्लाका १० स्थानीय तहमा रहेको मतदान स्थलको अनुगमन गरिएको छ ।
मतदान केन्द्र, मतदानस्थल, मतदाता, उम्मेदवार सबैको सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा योजना तयार गरिएको जनाएको छ । सुरक्षा योजनालाई थप प्रभावकारी बनाउन स्थलगत अध्ययन र अनुगमनको कामसमेत भइरहेको छ ।
दश स्थानीय तह रहेको बैतडीमा दुई सय १० मतदान केन्द्र छन् । जिल्लामा एक लाख ५० हजार १५६ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनको मिति नजिकिएसँगै यहाँका राजनीतिक दलहरूले प्रचार–प्रसारमा पनि तीव्रता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण