हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
सारांश
- हिमालय एअरलाइन्सले काठमाडौँ र चीनको शेन्जेनबीच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ ।
- यो उडानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक दुई सिधा उडानहरू आरम्भ गरेको हो ।
- काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँका लागि प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ ।
काठमाडौँ । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले नेपालको राजधानी काठमाडौँ र चीनको ‘सिलिकन भ्याली’का नामले प्रख्यात शेन्जेनबिच ऐतिहासिक सिधा उडान सेवा सुरु गरेको छ ।
हिमालय एअरलाइन्स्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट शेन्जेनस्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक दुई सिधा उडानहरू सेवा आरम्भ गरेको हो । यो नेपालको नागरिक उड्डयन इतिहास तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कको दृष्टिकोणबाट एक महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हो ।
'हाम्रो ऐतिहासिक काठमाडौँ–शेन्जेन उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ०४, २०२६ मा नेपाली स्थानीय समयअनुसार राति ०९ः५९ बजे ९८ यात्रुसहित प्रस्थान गर्यो । जुन ०५ मा उक्त उडान चीनको स्थानीय समयअनुसार बिहान ०४ः१७ बजे शेन्जेन स्थित शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । त्यसैगरी, शेन्जेन–काठमाडौँ उडानले शेन्जेन बाओ’आन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुन ०५, २०२६ मा चिनिया स्थानीय समयअनुसार बिहान ०६ः१२ मा १५७ यात्रुसहित प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समयअनुसार बिहान ०८ः२६ मा काठमाडौँ अवतरण गर्यो । काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार प्रस्थान उडान हुनेछ भने शेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुनेछ', हिमालय एअरलाइन्सले भनेको छ ।'
_PR4v8FZXTI.jpg)
_Rum75kasTK.jpg)
_l5n0Wmsu6z.jpg)
_0mNSiPNXSu.jpg)
_aMcN9eW3Jm.jpg)
_VAeQAeRzb4.jpg)
_ROzj2jdyIr.jpg)
_Z642nGB99Q.jpg)
_8cWSYrRU4W.jpg)
_TvF2m2MAlk.jpg)
_3NCZo3Fso7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण