बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
सारांश
- सरकारले अध्ययन वा असाधारण बिदा सकिएपछि पनि कार्यक्षेत्रमा नफर्कने निजामती कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।
- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै तोकिएको अवधिभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी दिएको छ ।
- बिदा सकिएपछि पनि सम्पर्कमा नरहेका वा विवरण अद्यावधिक नगराएका कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ ।
काठमाडौँ । सरकारले अध्ययन तथा असाधारण बिदा सकिएपछि पनि कार्यक्षेत्रमा नफर्कने र सम्पर्कविहीन हुने निजामती कर्मचारीहरूलाई ३ दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव एकदेव गिरीले सूचना जारी गर्दै बिदा अवधि समाप्त भए पनि कार्यालयमा हाजिर नभएका कर्मचारीलाई ३ दिनभित्र कार्यालयमा हाजिर नभएमा कारबाही गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका हुन् ।
सूचनामा मन्त्रालयका अनुसार अध्ययन वा असाधारण बिदामा रहेका केही कर्मचारीहरू बिदा सकिएपछि पनि नियमअनुसार कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा समेत नरहेको पाइएको उल्लेख छ।
साथै, कतिपय कर्मचारी हाजिर भए पनि उनीहरूको व्यक्तिगत विवरण राष्ट्रिय किताब खानामा अद्यावधिक नभएको देखिएको भन्दै अधिकारीले सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो अभिलेख अद्यावधिक गराउन निर्देशन दिएका छन् ।
मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र केन्द्रीय स्तरका कार्यालयहरूलाई पनि आफ्ना कर्मचारीहरूको विवरण यकिन गर्न भनेको छ। बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा सकिएपछि हाजिर भए–नभएको अवस्था र अन्य आवश्यक विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी ३ दिनभित्रै अद्यावधिक गर्न मन्त्रालयले अनुरोध गरेको हो ।
बिदा अवधि समाप्त भएर पनि कार्यालयमा हाजिर नहुने वा लामो समयदेखि सम्पर्कमा नरहने कर्मचारीहरूको हकमा प्रचलित कानुन बमोजिम कडा कारबाहीको प्रक्रिया अगाडि बढाइने मन्त्रालयका प्रवक्ता एवं सहसचिव अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ ।
पछिल्लो समय बिदा लिएर विदेश जाने वा अन्य पेशामा लाग्ने तर बिदा सकिएपछि पनि सरकारी सेवामा नफर्कने प्रवृत्ति बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण