मोदीको मोरबी यात्राअघि अस्पतालको रंगरोगनले बबाल
गुजरातको मोरबीमा झोलुंगे पुल भत्किएपछि आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यस क्षेत्रको भ्रमण गर्दै छन् । आइतबार साँझ भएको यस घटनामा कम्तीमा १३४ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणअघि एक अन्य मुद्दाको चर्चा हुँदैछ । प्रधानमन्त्री मोदीको यात्रा अघि सोमबार मोरबीको अस्पतालको रंगरोगन गरिएको छ । यस विषयलाई लिएर विपक्षी पार्टीमात्र नभएर आम मानिसले पनि प्रश्न उठाइरहेका छन् ।
भारतीय कंग्रेसले यसलाई त्रासदीको इभेन्ट भनेको छ । पार्टीले मोदीको यात्रा अघि त्यहाँ रंगरोगनको काम भइरहेको र चमकदार टाइल्स लगाइरहेको बताएको छ । आम आदमी पार्टीले पनि अस्पतालको एक भिडियो ट्वीट गर्दै असली दोषीमाथि कारबाही भएन तर भाजपावालाहरुलाई फोटोसुटका लागि लिपपोतको चिन्ता छ ।
राष्ट्रिय जनता दल (आरजेडी) ले ट्वीट गर्दै आज त्यो अस्पताललाई सजाइँदैछ जहाँ उनी खानापूर्ति गर्न जाँदैछन् । अस्पतालभित्र सयौँ शव छन् । पुरा देश गुजरात हादशाले शोकमा छ । तर एक विशेष व्यक्ति लुगा बदल्न र फोटो खिचाउन मस्त र व्यस्त छ । जहाँ शव छ, त्यहाँ कसैले रंगरोगन गर्छ र ?
के भएको थियो मोरबीमा ?
आइतबार साँझ मोरबीमा डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल भत्किएको थियो । त्यो समय पुलमा ठुलो सङ्ख्यामा मानिसहरू रहेका छन् । आधिकारिक आँकडाअनुसार यस घटनामा १३७ जना बेपत्ता छन् भने कयौँ घाइते छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।
राजकोट रेन्जका आईजी अशोक कुमार यादवले सोमबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा यस मामिलामा अहिलेसम्म ९ जनालाई पक्राउ गरिएको जानकारी दिएका थिए । उनीहरूको माथि आईपीसीको धारा ३०४, ३०८ र ११४ को धारा लगाएका छन् ।
सोमबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीले एक उच्चस्तरीय बैठकको आयोजना गरेर त्यहाँको स्थितिको समीक्षा गरेका थिए । समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले अधिकारीहरूलाई पीडित परिवारलाई हर सम्भव मद्दत गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री मोदीले मोरबी त्रासदीमा मारिएकाहरूको परिवार २ लाख रूपैयाँ र प्रधानमन्त्री राहत कोषबाट घाइतेहरूका लागि ५० हजार रूपैयाँ सहायताको घोषणा गरेका छन् । राज्य सरकारले घटनाको जाँचका लागि एसआईटी गठनसमेत गरेको छ ।
नगरपालिका र ओरेवा ग्रुपबीच थप १५ वर्षका लागि पुल सञ्चालन गर्ने सहमति भएको थियो । पुलको मर्मतपछि गत २६ अक्टोबरमा यो सर्वसाधारणका लागि खोलिएको थियो ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिट्ज–कार्लटन र वेस्टिन नेपाल भित्रिनु देशको पर्यटनका लागि विश्वव्यापी सन्देश हो : विनोद चौधरी
-
ईभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
-
सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन
-
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण