ब्याटल ग्राउण्डमा पुगे देउवा, तस्बिरमा हेर्नुहोस्
बिहीबार, १७ कात्तिक २०७९, २० : १३
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ब्याटल ग्राउण्डमा पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत आफ्नो निर्वाचन क्षेत्र डडेलधुरा पुगेका हुन् ।
आफ्नो निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्न देउवा आज डडेलधुरा पुगेका हुन् । त्यसक्रममा देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको बताए । चुनावी सभामा देउवाकी धर्मपत्नी आरजु देउवा राणा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी पोलिटब्यूरो सदस्य खगराज भट्ट, सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष नन्दराज भट्ट, जगत् पार्कीलगायतका नेताको सहभागिता रहेको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण