रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
- दाहालले १४२ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारलाई ७४ मतले पराजित गरे।
- उपसभापतिमा राजेशमान श्रेष्ठ १९७ मतका साथ निर्वाचित भए भने सचिव र सहसचिवमा क्रमशः राजाराम कुमार मेहता र योगेन्द्र गिरी निर्विरोध चयन भए।
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनको अन्तिम मत परिणाम अनुसार जिल्ला सभापति पदमा सागर दाहाल निर्वाचित भएका छन्।
दाहालले १४२ मत प्राप्त गर्दै विजयी हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वीहरू कृष्ण रौनियारले ७४ मत, मोहन निरौलाले ६२ मत र चक्र विष्टले १० मत प्राप्त गरेका थिए।
त्यसैगरी, उपसभापति पदमा राजेशमान श्रेष्ठ भारी मतका साथ निर्वाचित भएका छन्। श्रेष्ठले १९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत मात्र प्राप्त गरिन्।
अधिवेशनले सचिव र सहसचिव पदमा भने सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ। सचिव पदमा राजाराम कुमार मेहता र सहसचिव पदमा योगेन्द्र गिरी निर्विरोध निर्वाचित भएका हुन्।
जिल्ला सदस्यहरूमा लक्ष्मी सुवेदी (२०९ मत), राज कुमारी मेहता (१६९ मत), धरमवीर आर्य (११२ मत), रेणुका हरिजन (१०९ मत) र गोकुल थापा (१०७ मत) निर्वाचित भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण