बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कल्चर र नेचरको केन्द्र हो थाहानगर : मन्त्री श्रेष्ठ

शुक्रबार, १८ कात्तिक २०७९, २१ : १५
शुक्रबार, १८ कात्तिक २०७९

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मकवानपुरको थाहा नगरपालिका ‘कल्चर र नेचर’को केन्द्र भएकोले यसलाई प्रवर्द्धन गरी पर्यटनसँग जोडेर विकास गरिने बताएका छन् ।

थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको वसन्तपुर डबलीमा १८ कात्तिकबाट आयोजना गरिएको तीनदिने फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपालमा ‘कल्चर, नेचर र एड्भेन्चर’ पर्यटनको उच्च सम्भावना रहेको हुँदा त्यस्तो सम्भावना थाहानगरको पनि रहेकोले विकास गर्न सकिने बताएका हुन् ।

नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्य योजनामा समेटर थाहा नगरलाई विकास गरिने पर्यटन मन्त्री श्रेष्ठको भनाई थियो । ‘थाहा नगरपालिका आफैंमा सुन्दर रहेको र त्यसको जानकारी वसन्तपुरमा ‘थाहा’ दिन आयोजना गरिएको फोटो प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा सहयोग मिल्छ’– मन्त्री श्रेष्ठले भने– ‘थाहाको फोटो प्रदर्शनीले देशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान मिलेको महसुस गरेको छु ।’

नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले फोटो प्रदर्शनीले पर्यटकहरूका लागि नयाँ गन्तव्य सूचित गरेको उनले बताए । पर्यटन प्रवर्द्धनका लागि फोटोको माध्यमबाट प्रचारप्रसार गरेर घुम्न आउने पर्यटकको लागि प्रेरित गर्ने उद्देश्यसहित तीन दिने फोटो प्रदर्शन आयोजना गर्न लागिएको थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए ।

प्रदर्शनीमा थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका क्षेत्रको प्राकृतिक सुन्दरता, हिमशृङखलाको दृश्यावलोकन, ऐतिहासिक मठमन्दिर, पार्टी पौवा, सभ्यता संस्कृति, धार्मिक क्षेत्र मेलाजात्रा, ग्रामीण जीवनशैली, स्वच्छ तथा सफा वातावरणको फोटोहरू राखिने नगरप्रमुख विष्टले बताए ।

३ हजारले गरे अवलोकन
आज शुक्रबारबाट सुरु भएको फोटो प्रदर्शनीलाई ३ हजार जनाले अवलोकन गरेका छन् । फोटो प्रदर्शनी काठमाडौं उपत्यकाको विभिन्न संघ–संस्था, शैक्षिक संस्थाहरू, पर्यटन व्यवसायी ट्राभल एजेन्सी र आमनागरिकलाई लक्षित गरेर आयोजन गरिएको हो ।

प्रदर्शनीमा थाहा र इन्द्रसरोवरको विभिन्न विधाका करिब एकसय तस्वीरहरु अवलोकनको लागि राखिएको छ । त्यस्तै तस्वीरको बारेमा जानकारी खुल्ने लेख समेत राखिएको छ ।

प्रदर्शनीमा राखिएका विभिन्न फोटोहरूको बारेमा जानकारी दिन स्वयम्सेवकहरु समेत व्यवस्था गरिएको छ । प्रदर्शनी प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म चल्नेछ । फोटो प्रदर्शनी अवलोकनको लागि कार्यक्रम संयोजन इन्द्रबहादुर श्रेष्ठले सम्पुर्णमा आग्रह समेत गरेका छन् । प्रदर्शनीको नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ भने फरक सोचले कार्यक्रमको व्यवस्थापन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप