भारतको काश्मीरबाट उद्धार गरिएका श्रमिक आइपुगे नेपाल
काठमाडौँ । भारतको काश्मीरबाट उद्धार गरिएका नेपाली श्रमिक आज नेपाल आइपुगेका छन् । उनीहरू दिल्ली हुँदै आज सर्लाही आइपुगेका हुन् ।
नेपाल–भारत सीमा उनीहरूलाई ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले स्वागत गरेका थिए । उद्धार भएकामध्ये ईश्वरपुर नगरपालिकाका मात्र नौ जना श्रमिक रहेका छन् ।
ती सबैलाई आज मेयर आचार्यको जिम्मा लगाएको सामाजिक अभियन्ता सरोज रायले बताए । तीन महिनाअघि दलालको फन्दामा परेर काश्मीर गएका ४१ जना नेपाली श्रमिकलाई काम गराउने ठेकेदारले बन्धक बनाएर जबरजस्ती काममा लगाएका थिए ।
ठेकेदारले उनीहरूलाई यातना दिनुका साथै काम गरेबापत रकम समेत दिएका थिएनन् । तीमध्ये सात जना श्रमिक भागेर नेपाल आएपछि त्यो पोल खुलेको थियो । अभियन्ता रायले परराष्ट्र मन्त्रालयको समन्वयमा काश्मीर पुगेर उनीहरूलाई उद्धार गरेका थिए ।
काश्मीरमा सबै कानुनी प्रक्रिया पुरा गरी दिल्ली हुँदै आज उनीहरू नेपाल आइपुगेका हुन् । अभियन्ता रायले भने, ‘सबै प्रक्रिया पुरा गरेर नेपालसम्म ल्याउन १५ दिन लागेको छ । अब बिस्तारै सबै श्रमिकलाई सम्बन्धित पालिकाका प्रमुखलाई हस्तान्तर गर्नेछौँ ।’
दुई जना ठेकेदार भने काश्मीरको प्रहरीले पक्राउ गरी थुनामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण