कांग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव : रविलाई बोल्न दिनुस्, समिति बन्छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिए संसदीय छानबिन समिति गठन हुने प्रस्ताव कांग्रेस समक्ष गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोनमार्फत उक्त प्रस्ताव पठाएका हुन् ।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय समिति गठनको माग राखी संसद् अवरोध गर्दै आएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डको प्रस्तावलाई सकारात्मक रूपमा लिएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले रातोपाटीसँग भने, ‘रवि लामिछानेलाई संसद्मा बोल्न दिनुस् । समिति बन्छ भन्नुभएको छ । यसमा हामी सकारात्मक छौं ।’
प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि पार्टीका शीर्ष नेतासँग परामर्श भइरहेको भन्दै नयाँ रणनीतिका साथ आज संसद्मा जाने लेखकले बताए । गृहमन्त्री लामिछाने पनि संसदीय छानबिन समिति गठनका लागि मार्ग प्रशस्त गर्न तयार देखिएका छन् । रास्वपाका सह–प्रवक्ता मनिष झाले लामिछाने गृहमन्त्रीबाट अलग भएर संसदीय छानबिन समिति गठनका लागि तयार भएको बताए ।
यस्तै लामिछानेले संसद्मा बोल्न पाएपछि छानबिन समितिको गठनका लागि प्रमुख घटक एमाले पनि सकारात्मक देखिएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला लामिछानेलाई संसद्मा बोल्न दिए बाँकी कुरा अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण