विकासका लागि गठबन्धनको जित आवश्यक : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०८ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज काठमाडौँ महानगरपालिका–१० स्थित सुवर्ण पार्कमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताएका हुन् ।
लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका नेता सिंहले कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक वाम गठबन्धनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जित निकालेर देशको विकासमा लाग्ने बताए ।
“आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि जनताले चुनेर पठाएका प्रतिनिधि संविधानसभाबाट जारी भएको संविधानलाई रक्षा गर्न, संस्थागत गर्न र प्रगतिको पथमा अघि बढ्नुपर्छ”, उनले भने । आगामी निर्वाचनमा सबै मतदाताले आफ्नो मतदानको अधिकारलाई सदुपयोग गर्न उनले आग्रह गरे ।
नेता सिंहले समावेशिता र लोकतन्त्रलाई मजबुत गर्न कांग्रेस नेतृत्वको गठबन्धन लाग्ने बताए । उनले लामो सङ्घर्षबाट प्राप्त गरेको अधिकारलाई सुनिश्चित र सुरक्षित गर्दै आगामी दिनमा विकासका काम अगाडि बढाएमात्र गणेशमान सिंहप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । उनले गणेशमान सिंहले मुलुक र जनताका लागि गरेको योगदानलाई आम जनतामाझ लैजानुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘संसद्मा सहकारी ठग जोगाउने र कारबाही गर्ने पक्ष देखियो’
-
सहकारी नियमनमा किन कमजोर भयो स्थानीय सरकार ?
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले छाडेनन् निवास
-
संवैधानिक आयोगहरूमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी
-
नेपाल–यूरोपेली मुलुक सिधा हवाई उडान सुचारु गर्न सीआईएनको माग
-
‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार