लेस्टरमा गोर्खा सैनिकहरूले ‘स्मरण दिवस’ मनाए
बेलायतको लेस्टरमा गोर्खा सैनिकहरूले ‘स्मरण दिवस’ मनाएका छन् । कोलभिल नेपाली समाजका अध्यक्ष कुमार राईको अनुसार नर्थ वेस्ट लेस्टरसायर डिस्ट्रिक्ट काउन्सिल र रोयल ब्रिटिस लिजनको संयुक्त आयोजित कार्यक्रममा पूर्व बेलायती सैनिकहरू कोलभिल परेडले स्थानीय क्राइस्ट चर्चबाट बिहान १०.३५ बजे होटल स्ट्रिट र हाई स्ट्रिट हुँदै, मेमोरियल स्क्वायरमा रहेको युद्ध स्मारकमा पुगेर हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यता चुडाक मगरले भने, ‘स्मरण दिवस हामीले गुमाउनु परेकाहरूलाई प्रतिबिम्बित गर्ने र सम्झने र विश्वभर द्वन्द्वमा सेवा गरिरहेकाहरूप्रति कृतज्ञता प्रकट गर्ने अवसर हो ।त्यसैले हरेक वर्ष मेरो परिवारको साथ दिवसमा भाग लिँदै आइरहेको छु ।’ उक्त युद्ध स्मारकमा योद्धाहरूका सम्मानका लागि दुई मिनेट मौन धारणा गरिए पछि पाइपर धुन बजाइएको दिवसमा विभिन्न ओहोदाका व्यक्तित्वहरूले फूल गुच्छा चढाएर समर्पण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण