शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षा लेख्छिन्– ‘मौन बसे घमन्ड, केही बोले बहस’

बिहीबार, ०१ मङ्सिर २०७९, १२ : ४१
बिहीबार, ०१ मङ्सिर २०७९

अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय मौन छिन् । केही अगाडि भुकम्पलाई ‘मिनी हृदयघात’ लेखेपछि चर्चा र आलोचना खेपेकी वर्षा त्यस अगाडि पति आशिष गलालसँग चिसिएको सम्बन्धको कारणले मिडियामा छाएकी थिइन् ।
गत दशैँअघि पति आशिषसँगका तस्बिरहरु सामाजिक सञ्जालबाट हटाएपछि पतिसँग उनको सम्बन्ध बिग्रिएको चर्चा भएको थियो । तर अहिलेसम्म यो विषयमा उनी मौन छिन् । उनको यो मौनताले बजारमा चलेको हल्लालाई थप मलजल मिलेको छ ।

विवाहको एक हप्तापछि श्रीमान्सँग अमेरिका उडेर केही महिनापछि फर्किएकी उनको इन्स्टाग्राममा विवाहको समय राखिएको श्रीमानसँगका कुनै पनि तस्बिर अहिले छैन । फेसबुक पेजमा भने केही थान विवाहका तस्विरहरु छन । नेपाल फर्किएपछि उनले श्रीमानलाई सम्झिएर कुनै स्टोरी हालेकी छैनन् ।

केही अगाडि मिडियामा वैवाहिक सम्बन्ध बिग्रिएको विषयमा छ्यापछ्याप्ती खबर छाउँदा पनि मौन बसेकी वर्षाले बिहीबार फेसबुकमार्फत आफ्नो मौनता तोडेकी छन् । उनले एक तस्बिरसहित लेखेकी छन्– ‘मौन बसे घमन्ड, केही बोले बहस ।’

उनको पोष्टले आफ्नो बारेमा आउने कुनै कुरामा मौन बस्दा घमण्डीको ट्याग लाग्ने र केही बोले बहस हुने गरेको उनको आशय हो । उनको यो पोष्टले उनलाई वैवाहिक सम्बन्धको बारेमा बोल्दा बहस हुने डर समेत लागेको अनुमान गर्न सकिन्छ ।  उनको यो पोष्टलाई कतिपयले मौन बस्न सुझाएका छन् भने कतिले डिभोर्सको कुरो गर्ने तिम्रो पालो भनेर कमेन्ट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप