जुम्लामा जीप दुर्घटना, मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला खलङ्गा देखि तातोपानी ८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । भे १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकदेखि २० मिटर तल खसेको छ ।
दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने, नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एकजना कार्यालय सहयोगी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हवल्दार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।
अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी,डीएसपी नरेन्द्र चन्द सहितको टोली अस्पताल पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिज्नीमा ७ हजार मानिसको जागिर जाने, सिइओले बताए कारण
-
त्रिशूली जलविद्युत् आयोजना : हिउँदमा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने
-
प्रि-ओपन सेसन नेप्सेमा सामान्य अङ्कले वृद्धि
-
टर्की : भूकम्पबाट बाँचे तर खुल्ला आकाश मुनी ठिहिर्याउने चिसोमा कसरी बसिरहेका छन् मानिस ?
-
काठमाडौँका सडकपेटीमा असरल्ल निर्माण सामग्री, तस्बिरमा हेर्नुस्
-
सिके राउतले आफ्नै दाइलाई बनाए योजना आयोगकाे सदस्य