खोटाङमा मतगणना सुरु हुँदै

एउटा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा रहेको खोटाङमा आज राति ९ बजेपछि मतगणना सुरु गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ । प्रतिनिधिसभाको एक ठाउँ र प्रदेशसभाको छुट्टाछुट्टै एक/एक ठाउँ गरी एकैसाथ तीन ठाउँमा मतगणना गर्ने सर्वदलीय सहमति भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा बसेको सर्वदलीय बैठकको निणर्यानुसार एक उम्मेदवारको एकजना मात्र प्रतिनिधि रहन पाउने व्यवस्था गरिएको छ भने पाँच सय मतगणना गरेपछि मात्र जानकारी दिने निर्णय भएको छ । यस्तै, मतगणनालाई मर्यादित तथा शान्तिपूर्ण तवरमा सम्पन्न गर्न मादक पदार्थ सेवनमा रोक लगाइएको छ भने उम्मेदवारका प्रतिनिधि तथा पत्रकारलाई प्रवेश अनुमतिपत्र दिने व्यवस्था मिलाइएको छ ।
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा ६७ हजार तीन सय ७३ मत अर्थात् ४७ दशमलव १८ प्रतिशतमात्र मत खसेको मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निधिको नेतृत्वमा देवशिला पुग्यो गोरखपुरमा, आज अयोध्या पुर्याइने
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
विमान दुर्घटनाको पराकम्प : पोखरामा ५० प्रतिशत यात्रु घटे, अन्तर्राष्ट्रिय उडान अनिश्चित
-
वैदेशिक ऋण तिर्न अपुग, २० प्रतिशत बजेट कटौती
-
शालीनदी मेलामा रु ८४ लाख भेटी सङ्कलन
-
विद्युतीय कारोबारको सीमा बढ्यो