कुमारी बैंक सञ्चालक समितिले पारित गर्यो एनसीसीसँगको स्वाप रेसियो

कुमारी बैंकले एनसीसी बैंकसँग मर्जरको लागि तय भएको स्वाप रेसियो पारित गरेको छ । मर्जर कमिटीले तय गरेको १ बराबर १ को हैसियमा मर्जर गर्ने सहमतिलाई कुमारीको संचालक समिति बैंकले अुनमोदन गरेको हो ।
कुमारी बैंकको सञ्चालक समितिले १ बराबर १ को अनुपातमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकसँग मर्जरमा जाने निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिइएको छ । गत असोज ६ गते कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जानको लागि प्रारम्भिक सहमति भएर संयुक्त मर्जर समिति बनाइएको थियो ।
कुमारी र एनसीसी बैंक मर्जरमा गएपछि बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ भने निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ निक्षेप हुनेछ । यस्तै, कर्जा भने २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ । जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ : महामन्त्री थापा
-
रास्वपाको २ दिने अल्टिमेटम सकिँदै : प्रचण्ड पार्टीको बैठकमा, के होला परिणाम ?
-
समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउनु जरुरी छ : मन्त्री भण्डारी
-
‘स्क्रिनिङ परीक्षण गरे १० वर्षपछि क्यान्सर लाग्ने नलाग्ने थाहा हुन्छ’
-
इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने
-
विलाइसकेको बज्जीलाई वर्तमानमा खोज्ने प्रयास