बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चुनाव जितेलगत्तै योगेश भट्टराई गरे पाथीभरा माताको दर्शन

शुक्रबार, ०९ मङ्सिर २०७९, १२ : ५६
शुक्रबार, ०९ मङ्सिर २०७९

नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट नवनिर्वाचित सांसद योगेश भट्टराईले पाथीभरा माताको दर्शन गरेका छन् । 

शुक्रबार पार्टीका कार्यकर्तासहित भट्टराईले पाथीभरा मन्दिरका साथै त्यस क्षेत्रको यात्रा गरेका हुन् । सामाजिक सञ्जाल मार्फत भट्टराईले पाथीभरा पुगेको तस्विर सार्वजनिक गरेका छन् ।  

हालै सम्पन्न निर्वाचनमा उनी २१ हजार ९४३ मत पाएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले २१ हजार ७५३ मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप