शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

३ हजार ८५ मतान्तरसहित नुवाकोट १ मा माओवादीका तामाङ विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : ५५
शुक्रबार, ०९ मङ्सिर २०७९

नुवाकोट क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । ५९ वर्षीय तामाङले एमालेका बद्री मैनालीलाई ३ हजार ८५ मतान्तरले हराएका हुन् । तामाङले २६ हजार ५४८ मत पाए भने मैनालीले २३ हजार ४६३ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युन्त महत क्षेत्रीले भने ६ हजार ११३ मत प्राप्त गरे । 

सोही निर्वाचन क्षेत्रको प्रदेश १ मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् भने २ मा कांग्रेसका रमेश कुमार महत विजयी भएका छन् । विजयी सबै सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप